
नेपालको इतिहास सम्बन्धी प्रश्नोत्तरहरु
१)नेपालको प्रथम राजदरबार कुन हो ?
मानगृह
२)मानगृह कसले निमार्ण गरेका हुन् ?
मानदेवले
३)नेपालमा प्रचलनमा आएको प्रथम मुद्रा कुन हो ?
मानाङ्क
४)नेपालका प्रमाणिक महाराजा कसलाई मानिन्छ ?
मानदेवलाई
५)नेपालमा सर्व प्रथम बग्गी चढ्ने ब्यक्ति को हुन ?
भिमसेन थापा
६)सर्व प्रथम देशको सम्पूण जग्गाको नापी कसले गराएका थिए ?
भिमसेन थापा
७)प्रताप मल्लले काल भैरवको मूर्ती कहाँबाट ल्याई हनुमानढोकामा राख्न लगाएका थिए ?
नागार्जुनबाट
८)पृथ्विनारायण शाहको छोरी को थिइन ?
विलास कुमारी
९)१२ वर्षे सम्यक पुजा को थालनि कसले गरेका थिए ?
पृथ्विनारायण शाह
१०)वसन्तपुरको नौ तले दरवार कसले निर्माण गरेका थिए ?
पृथ्विनारायण शाह
११)पृथ्विनारायण शाहको लालन पालन कसले गरेको थियो ?
जेठि आमा चन्द्र प्रभावति वाट
१२)पशुपतिमा भट्ट पूजारी राख्ने को हुन ?
यक्ष मल्ल
१४)लिच्छवीकालीन आकाशको पूर्ण चन्द्र भनी कुन लिच्छवी राजालाई चिनिन्छ ?
नरेन्द्रदेव
१५)तिब्बतमा शरण लीई बस्ने लिच्छवी राजा को हुन् ?
उदयदेव (नरेन्द्रदेवका बाबु उदयदेवलाई धुर्वदेवले सत्ताच्यूत गरेकाले)
१६)उदयदेवलाई धुर्वदेवले सत्ताच्यूत गरेपछि उदयदेव कहाँ शरण लिई बसेका थिय ?
तिब्बत
१७)भोटो जात्राको चलन कसले चलाएका हुन ?
नरेन्द्रदेव
१८)नेपालको पहिलो वैङ्क नेपाल वैङ्क लिमिटेडको स्थापना कहिले र कस्को पालामा भएको हो ?
वि सं १९९४ कार्तिक २० जुद्ध शमसेरको पालामा
१९)एस एल सी वोर्डको स्थापना, जन्म मृत्यु दर्ता अड्डाको स्थापना कसको पालामा भएको हो ?
जुद्ध शमसेरको पालामा
२०)श्री ५ विरेन्द्रको वंशनाश हुनेगरी विभत्स नरसंहारकारी
नारायणहिटि हत्याकाण्ड कहिले भएको थियो ?
वि सं २०५८ जेठ १९ मा
२१)दिपेन्द्र लाई महाराज धिराज घोषणा कहिले गरीएको थियो ?
वि सं २०५८ जेठ २० अचेत अवस्थामा
२२)दिपेन्द्रको मृत्यू कहिले भएको थियो ?
२०५८ जेठ २२ मा
२३)ज्ञानेन्द्र लाई नेपालको महाराज धिराज घोषणा कहिले गरीयो ?
२०५८ जेठ २२
२४)त्रिभुवनले भारतिय राजदुतावास मा शरण लिइ दिल्लि प्रस्थान गरेपछि प्रधानमन्त्रि मोहन शमशेरले कसलाई नेपालको महाराज घोषणा गरेका थिए ?
श्री ५ ज्ञानेन्द्र
२५)प्रतिलोम विवाह भन्नाले कस्तो विवाहलाई बुझिन्छ ?
जयस्थिति मल्लका अनुसार तल्लो जातको पुरुष र माथिल्लो जातको महिलाबीच हुने विवाह
२६)जातिय पेशा र पहिचानको व्यवस्था कुन राजाको पालामा भएको हो ?
जयस्थिति मल्ल
२७)सवै भन्दा कम उमेरमा राणा प्रधानमन्त्रि हुने राणा को हुन ?
जंग बहादुर २८ वर्षमा
२८)नयाँ मुलुक भन्नाले कुन कुन ठाँउलाई चिनिन्छ ?
बाँके वर्दिया कैलालि र कञ्चनपुर
२९)दाशत्व मोचन कहिले र कसको पालामा भएको थियो ?
वि सं १९८१ मा चन्द्र शमसेर
३०)खड्क निसान छापको चलन कसले चलाएका हुन ?
चन्द्र शमसेरले
३१)मिलिटरी अस्पताल कसले निर्माण गरेका हुन ?
चन्द्र शमसेरले
३२)किराँतहरुले पशुपतिनाथलाई के भनि आराधाना गर्थे ?
किराँतेश्वर महादेव
३३)किराँतहरुले शिव पार्वतीलाई के मान्थे ?
शिवलाई पारोहाङ र पार्वतीलाई सुम्निमा
३४)इन्द्रजात्रामा आकाश भैरवको शिरलाई कसको शिरको रुपमा प्रदर्शन गरिन्छ ?
एलम्वर
३५)नेपालमा पाईएको किराँतकालीन कलाकृति कुन हो ?
विरुपाक्षको मूर्ति (यो नेपालको सबैभन्दा पुरानो मूर्ति हो ।)
३६)१०२ फिट अग्लो तुलजा मन्दिर बनाउने को हुन ?
महेन्द्र मल्ल
३७)तलेजु भवानीलाई तुलजा, तुर्जा, तलेजी आदि नामले पूर्जा अर्चना गरिन्छ ?
हरेक दशैमा तुलजा भवानीलाई मन्दिरबाट हनुमानढोकाको मूल चोक ल्याइन्छ र नवमीमा पुनःमन्दिर लगिन्छ ।
३८)तलेजु भवानीको मन्दिर कहिले खुल्छ ?
बर्षमा एक दिन (राम नवमीको दिन ) सर्वसाधारणको लागि
३९)नेपालको इतिहासमा आर्दश शासकको रुपमा चिनिने राजा को हुन् ?
अंशुवर्मा
महासामन्त, कलहाभिमानी(सरस्वतीको भक्त),
४०)पशुपतिपादानुगृहित, पदवी धारण गर्ने राजा को हुन् ?
अंशुवर्मा
४१)अंशुवर्माको बारेमा कुन प्रसिद्ध चिनीया यात्रीले वर्णन गरेका छन् ?
हुयान साङ्ले
४२)अंशुवर्मालाई कसले सत्ता दिएका थिए ?
उनका मामा शिवदेवले
४३)सत्ता प्राप्त गरेर शासन चलाई पुनः सोही वंशलाई हस्तान्तरण गर्ने व्यक्ति को हुन् ?
अंशुवर्मा
४४)सिंहदरवारको निर्माण हुदाँ नेपालका प्रधानमन्त्रि को थिए ?
चन्द्र शमसेर
४५)गेहेन्द्र शमसेर काण्ड हुदाँ नेपालका प्रधानमन्त्रि को थिए ?
चन्द्र शमसेर
४६)के हो गेहेन्द्र शमसेर काण्ड ?
चन्द्र शमशेरको पालामा घटेको चर्चित काण्ड (चन्द्र शमसेरले विष खुवाइ गेहेन्द्र को हत्या गरेको काण्ड हो )
४७)चन्द्र शमसेरका ज्वाइ को थिए ?
वझङी राजा जयपृथ्वि बहादुर सिंह
४८)नयाँ मुलुक अंग्रेजले किन फिर्ता गरे ?
जंग बहादुरले सन १८५७ को भारतमा भएको सिपाही विद्रोह लाई दवाउन अंग्रेजलाई सहयोग गरे वापत नेपाल लाई सन १८६० नोभेम्वर १ मा फिर्ता गरेको
४९)अरुका कुरा छोड आफ्ना छोरा छोरी लाई अंग्रेजि पढाउ यो भनाइ कसको हो ?
जंग बहादुर राणा को बेलायत वाट फर्के पछी
५०)नेपालम सवैभन्दा पहिले रेडयो सेट राख्ने ब्यक्ति को हुन ?
जुद्ध शमसेर
५१)सुन्दरी जलबिद्यूत आयोजनाको विधुत् र पानी सर्वसाधाराण लाई उपलब्ध गराउने प्रधानमन्त्रि को हुन ?
जुद्ध शमसेर
५२)मानदेवलाई प्रमाणिक राजा किन भनिन्छ ?
मानदेवको समयदेखि प्राचिन नेपालको इतिहास बढी स्पस्ट र भरपर्दो भएकाले
५३)लिच्छवीकालीन समयमा केन्द्रमा बस्ने जनतालाई के भनिन्थ्यो ?
पौर
५४)लिच्छवीकालीन समयमा प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो ?
जानपद
५५)लिच्छवीकालमा सिंचाई गर्ने कुलोलाई के भनिन्थ्यो ?
तिलमक
५६)नेपाल सम्वत कहिलेदेखि प्रचलनमा आएको हो ?
बि.स. ९३६
५७)लिच्छवीकालीन तामाको उद्योग सञ्चालित क्षेत्रलाई के भनिन्थ्यो ?
ताम्राकुटशाला
५८)लिच्छवीहरुको राजधानी कहाँ थियो ?
हाँडीगाउँ
५९)महासामन्त पदवी धारण गर्ने पहिलो व्यक्ति को हुन् ?
अंशुवर्मा
६०)नेपालको इतिहासमा सर्वप्रथम महाराजधिराजा उपाधि प्राप्त गर्ने शासक को हुन ?
अंशुवर्मा
६१)अंशुवर्माको शासन काललाई के भनेर चिनिन्छ ?
लिच्छवीकालको स्वर्णयुग
६२)नेपालमा सर्वप्रथम विजुलि कहिले र कस्को पालामा बलेको थियो ?
१९६८, चन्द्र शमसेरको पालामा
६३)सति प्रथाको उन्मुलन कहिले र कस्को पालामा भयो ?
वि सं १९७७ मा चन्द्र शमसेरको पालामा
६४)नेपालको इतिहासमा धिरशमसेर का कति भाई छोरा प्रधानमन्त्रि भएका थिए ?
५ विर शमसेर, देव शमसेर, चन्द्र शमसेर, भिम शमसेर र जुद्ध शमसेर
६५)लिच्छवी कालमा ललितपुरलाई के भनिन्थ्यो ?
युपग्राम
६६)ललितपुरको पुरानो नाम के हो ?
मनिगल
६७)नेपाल संवत कुन राजाको पालादेखि प्रचलनमा आएको हो ?
राघवदेव
६८)नेपाल संवत कसले चलाएका हुन ?
सङ्खधर साख्य
६९)नेपाल चार जात छत्तिस वर्णको फुलवारी हो सबैलाई चेतना भया यो भनाइ कसको हो ?
पृथ्वि नारायण शाह
७०)वैसाख १ गते लाई आधिकारीक रुपमा नयँ वर्षको रुपमा मनाउने सुरुवात कस्को पालादेखि भएको हो ?
वि सं १९६१ देखि चन्द्र शमसेरको पालामा
७१)अमाली प्रथाको खारेजि कहिले र कस्को पालामा भयो ?
वि सं १९६८ मा चन्द्र शमसेर को पालामा
७२)प्रथम विश्वयुद्दहुदाँ नेपालका प्रधानमन्त्रि को थिए ?
चन्द्र शमसेर
७३)मकै पर्व कहिले र कसको पालामा भएको थियो ?
चन्द्र शमसेरका पालामा १९७७ मा
७४)जंगबहादुरलाई राणाको पदवी सुरेन्द्रले कहिले दिएका थिए ?
वि सं १९०५ जेठ ९मा
७५)कतार भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्रि को थिए ?
गिरिजा प्रसाद कोइराला
७६)नेपालमा कगजि नोटको निश्कासन कहिले र कुन प्रधानमन्त्रीको पालामा भएको थियो ?
वि सं २००२ अशोज १ गते जुद्दशमसेरको पालामा
७७)सदर चिडिया खानाको स्थापना कहिले र कस्को पालामा भएको थियो ?
वि सं १९९८ मा जुद्द शमसेरको पालामा
७८)आधुनिक संविधान निर्माण गर्न अंग्रेज सरकार संग विशेषज्ञ को माग गर्ने प्रधानमन्त्रि को थिए ?
देवशमसेर
यिनको पालामा कर्मचरीलाई विदाको, व्यवस्था काठमाण्डौको विभिन्न ठाँउहरुमा उजुरी पेटिका को व्यावस्था,कृषिको लागि वैज्ञानिक सुधारको प्रयास जस्ना कार्यहरु भएका थिए
७९)तेर्सो पुस्ताका राणा प्रधानमन्त्रि भनेर कसलाई भनिन्छ ?
पद्म शमसेर
पद्म शमसेरले नारी शिक्षाको व्यवस्था, कन्या स्कुल खोलेका थिए, श्री ३ को महाराजको स्विकृत लिएर विद्यालय खोल्न पाउने व्यवस्था, काठमाण्डौ नगरपालिका गठन गर्न स्विकृति ,नेपाल खद्य परीषदको स्थापना २००४ असोज २०, नेपाल साहित्य परिषद स्थापना र कवि सम्मेलन जस्ता सुधारका कार्यहरु गरे
८०)नेपालमा सर्वप्रथम कसले विदेशि वैङ्कमा पैसा राख्ने चलन चलाएका थीए ?
विर शमशेर
८१)रानी पोखरीको पुरानो नाम के हो ?
विष्णु तीर्थ
८२)सेतो मच्छिन्द्रनाथको रथयात्रा परम्पराको चलन कसले चलाएका हुन ?
प्रताप मल्ल
८३)गोपाल राजवंशावलीको रचना कुन राजाको पालामा भएको हो ?
जयस्थिति मल्ल
८४)सर्वप्रथम पेशागत हकहितको संरक्षण गर्ने राजा को हुन ?
जयस्थिति मल्ल
८५)सामाजिक पुर्नगठन गरी जातीय आधारमा समाजको व्यवस्था गर्ने राजा को हुन ?
जयस्थिति मल्ल
८६)राज्य त्याग गरी धर्मकर्ममा लाग्ने राजा को हुन ?
सिद्धिनरसिंह मल्ल
८७)उषाहरण र जैमिनी भारत नामक नाटकका रचयिता को हुन ?
भूपतिन्द्र मल्ल
८८)कान्तिपुरको हारपश्चात जयप्रकाश मल्लले कहाँ शरण लिएका थिए ?
ललितपुर
८९)कान्तिपुरका अन्तिम मल्ल राजा को हुन ?
जयप्रकाश मल्ल
९०)राजघरानाको दाहसंस्कारको बेला बजाईने बाजालाई के भनिन्छ ?
दीपक राग
९१)जयस्थिति मल्लले राजघरानाको दाहसंस्कारको बेला दिपकराग बजाउने चलन चलाएका थिए भने सर्वसाधारणको दाहसंस्कारको बेलाबजाईने बाजालाई के भनिन्थ्यो ?
कहाल
९२)शब्द विद्या ग्रन्थको रचना कसले गरेका हुन् ?
अंशुवर्माले
९३)अंशुवर्माले रचना गरेको शब्द विद्या ग्रन्थ कस्तो ग्रन्थ थियो ?
व्याकरण
९४)हिन्दु र वौद्ध दुवै धर्म मान्ने राजा को हुन् ?
अंशुवर्मा
९५)मल्लकालमा सबैभन्दा बढी मुद्रा निस्कासन गर्ने राज्य कुन हो ?
कान्तिपुर
९६)नेपाली मुद्रा भोटमा चलाउने राजा को हुन ?
महेन्द्र मल्ल
९७)अरनिकोको वास्तविक नाम के थियो ?
बलवाहु
९८)अरनिको बाबुको नाम के थियो ?
बलदेव
९९)कान्तिपुरमा मानव बस्ति बसाउने राजा को हुन ?
गुणकामदेव
१००)लिच्छवीकालीन राजाहरुमा मानदेव र अंशुवर्मा पछि तेस्रो शक्तिशाली राजा कसलाई मानिन्छ ?
नरेन्द्रदेवलाई
१०१)झ्यालमा बुट्टा राख्ने चलन कसले चलाएका हुन ?
नरेन्द्रदेव
१०२)पशुपतिनाथलाई स्वर्णमय बनाउने को हुन ?
भास्कर वर्मा
१०३)प्यागोडा शैलिको सबैभन्दा पुरानो मन्दिर कुन हो ?
चाँगुनारायणको मन्दिर
१०४)चाँगुनारायणको मन्दिर कसले बनाएका हुन् ?
मानदेवले
१०५)कहाँ छ चाँगुनारायणको मन्दिर ?
नेपाली इतिहासको मुल भक्तपुरमा
१०६)अभिरवंशी दोर्सो राजा को थिए ?
जय सिंह
१०७)अभिरवंशका अन्तिम राजा को हुन् ?
भुवन सिंह
१०८)अभिरवंशका कति राजाले नेपालमा शासन संचालन गरे ?
तीन
१०९)पाटनको पुरानो नाम के हो ?
यल
११०)कुन किराँत राजालाई गोपाल राजवंशावलीमा हात्ती भनेर उल्लेख गरिएको छ ?
हुमती
१११)पाटनको पुरानो नाम यल कसको नामबाट राखिएको/रहन गएको हो ?
यलम्बर
११२)नेपालमा मानव बस्तीको सुरुवात गर्ने पहिलो वंश कुन हो ?
गोपाल वंश
११३)नेपालमा राज्य व्यवस्थाको सुरुवात गर्ने पहिलो वंश कुन हो ?
गोपाल वंश
११४)गोपाल भन्नाले के बुझिन्छ ?
गाईपालक समूदाय
११५)राजालाई नारायणहिटिका ठकुरी भन्ने राणा प्रधान मन्त्रि को हुन ?
मोहन शमसेर
११६)काठमाण्डौ उपत्यकामा बस्ती बसाउने मञ्जुश्री हुन भने सहर कसले बसाए ?
गुणकामदेवले
११७)छालाको मुद्र प्रचलनमा ल्याउने राजा को थिए ?
सिद्धि नरसिंह मल्ल (ललितपुरका राजा)
११८)बंगालका शासक समसुद्दीन इलियास ले नेपाल उपत्यकामा कहिले आक्रमण गरेका थिय ?
वि सं १४०६ मा
११९)भीमसेन थापाले हुलाक लाई कसरी विभाजन गरेका थिए ?
कागजे र थाप्ले हुलाक गरी २ भागमा
१२०)राष्ट्रिय संग्रहालय कहाँ छ ?
काठमाण्डौ छाउनीमा
१२१)नेपालमा पहिलो संसदिय चुनाव हुदाँ नेपालका राजा को थिए ?
राजा महेन्द्र
१२२)नेपालमा पहलो संसदिय निर्वाचन कहिले भएको थियो ?
वि सं २०१५ मा
१२४)स्वामी महाराज भनेर कसलाई चिनिन्छ ?
रणबहादुर शाह
१२५)आफ्नै भाईद्वारा काटिने राजा को हुन?
रणबहादुर शाह
१२६)नरेन्द्रदेवले कसको सहयोगमा गुमेको राज्य फिर्ता ल्याएका थिय ?
तिब्बत
१२७)बाबुको पालामा गुमेको राज्य तिब्बतको सहयोगमा फिर्ता गर्ने लिच्छवी राजा को हुन् ?
नरेन्द्रदेव
१२८)बालकको सालनाल काट्ने चलन कसले चलाए ?
अंशुवर्माले
१२९)पशुपतिनाथलाई राजमान्यता दिने राजा को हुन् ?
अंशुवर्मा
१३०)युवराजधिराजको घोषणा गर्ने प्रचलन सर्वप्रथम कसको पालादेखि सुरु भएको हो ?
अंशुवर्माको
१३१)दरबारलाई ललितपुरबाट कान्तिपुरमा सार्ने राजा को हुन ?
गुणकामदेव
गुणकामदेवले चलाएका जात्राहरु : इन्द्र जात्रा, लाखे जात्रा, कृष्ण जात्रा, हिले जात्रा,श्रृङ्भेरी जात्रा आदि।
१३२)सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन् ?
मानदेव
१३३)अरनिकोलाई चिनमा कुन उपाधि दिईएको थियो ?
क्यानल्यु नाईफ, नासथु
१३४)रातो मच्छिन्द्र नाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवी राजा को हुन ?
वरदेब
१३५)मल्ल वंशका अभागी राजा भन्नाले कुन राजा लाई चिनिन्छ ?
जय प्रकाश मल्ल
१३६)लक्षहोम पक्ष श्राद्द कलस पुजाको चलन कसको पालामा चलेको मानिन्छ ?
अभय मल्ल
१३७)पाटन ढोकाको अर्को नाम के हो ?
तुसा हीटी
१३८)कान्तीपुरलाई काठमाण्डौ नामाकरण गर्ने राजा को हुन ?
लक्ष्मी नरसींह मल्ल
१३९)नेपालमा नायवी भई शासन गर्ने पहिलो महीला को हुन ?
देवल देवी राजा रुद्र मल्लकी रानि
देवल देवीले नायक देवी लाइ राज्यको उत्तराधीकारी बनाइ राज्य सञ्चालन गरेकि थिइन
नायकदेवी नेपालको राजगद्दीमा वस्ने प्रथम महिला हुन
नायकदेवी र जगतसिंह बाट वि सं १४०३ मा राजल्ल देवीको जन्म भएको थियो
जयस्तिथि मल्ललाइ झिकाइ वि सं १४१४ मा राजल्ल देवी को विवाह भएको थियो
१४०)चारकुने मुद्राको प्रचलन कसले चलाएका हुन ?
प्रताप मल्लले
१४१)तलेजु भवानिको जिवित स्वरुप कसलाई मानिन्छ ?
कुमारीलाई
१४१)नेपाल शब्दको पहिलो उल्लेख कहाँ भएको थियो ?
अर्थव परिशिष्टमा
१४२)नेपालमा पाइएको किरात कालिन कलाकृति कुन हो ?
विरुपाक्ष को मुर्ति
१४३)लिच्छवीकालको राजकीय भाषा के थियो ?
संस्कृत
१४४)भृकुटिलाइ हरीततारा भनिन्छ भने उनको तिब्वति नाम के राखिएको थियो ?
ढिचुङ
१४५)भोटो जात्राको चलन कुन लिच्छवि राजाले चलाएका हुन ?
नरेन्द्र देवले
१४६)नेपालेश्वर भन्नाले कुन मल्ल राजालाई चिनिन्छ ?
श्री निवाश मल्ल
१४७)बुढानिलकण्ठ भगवानले राजा प्रताप मल्ललाई के श्राप दिएका थीए ?
अव उप्रान्त तिमि र तिम्रा सन्तानले मेरो दर्शन गरेमा मृत्यू हुनेछ भनेर
१४८)कुन राजाको पालादेखी राजपरीवारको सदस्यहरु बुढानिलकण्ठ दर्शन गर्न जादैन थिए ?
प्रताप मल्ल
१४९)बुढानिलकण्ठले राजा प्रताप मल्ल लाई किन श्राप दिएका थिए ?
बुढानिलकण्ठको पानि कुलो खनेर हनुमान ढोका सम्म ल्यएकोले
१५०)आफ्ना पितालाइ कैदगरी आफु राजा हुने मल्ल राजा को हुन् ?
प्रताप मल्ल
१५१)नेपालको कुन वंशको शासनकललाई अध्यारो यूग भनिन्छ ?
सुर्य वंस
१५२)महाराजधिराज र परमभट्टारकको पदवी धारण गर्ने राजा को हुन ?
नरेन्द्र देव
१५३)काठमाण्डौ छाउनिमा रहेको राष्ट्रीय संग्राहालय कसले निर्माण गराएका थिए ?
भिमसेन थापा
१५४)बाघ दरवार मुन्सी खाना टुँडिखेल को निर्माण कसिले गरेका थिए ?
भिमसेन थापा
१५५)सुगौली सन्धि हुदाँ नेपालका प्रधानमन्त्रि को थिए ?
भिमसेन थापा
१५६)३८ तथा ४२ सालको पर्व कसको पालामा भएको थियो ?
पृथ्वि विरविक्रम शाह
१५७)शाहबंशिय इतिहाँसमा सवैभन्दा लामो शासन गर्ने राजा को हुन ?
राजा त्रिभुवन
१५८)मञ्जुश्रीले बसाएको नगरलाई के भनिन्थ्यो ?
मञ्जुपतन
१५९)त्रिभुवनको प्रतिमा कहाँ स्थापना गरिएको छ ?
स्विटजरल्याण्डको ज्यूरीच क्यान्टम अस्पताल परीसरमा
१६०)लिच्छवीकालमा वस्तुको तौल लिन के को प्रयोग गरिन्थ्यो ?
तुलादण्ड
१६१)लिच्छवीकालीन अभिलेखहरु कुन भाषामा छन् ?
संस्कृत
१६२)लिच्छवीकालमा कुन लिपि प्रचलनमा थियो ?
गुप्त लिपी
१६३)नाग र वासुकी पूजाको चलन चलाउने राजा को हुन् ?
मानदेव
१६४)हनुमानढोका बाहिर २ ओटा हनुमानका मूर्ती स्थापना गर्ने राजा को हुन ?
प्रताप मल्ल
१६५)सर्वप्रथम दुरविन प्रयोग गर्ने राजा को हुन् ?
प्रताप मल्ल
२६६)नेपालको इतिहासमा सन्की महाराज बहुला युवराज भनेर कसलाई चिनिन्छ ?
श्री ५ सुरेन्द्र
१६७)क्रान्ति को नारा लगाउन जति सजिलो छ शान्ति ल्याउन त्यति नै गाह्रो छ यो कसको भनाइ हो ?
विरेन्द्र
१६८)श्री ५ राजेन्द्र लाई राजगद्दि वाट पदच्युत गरी बन्दी बनाउने को हुन ?
जंग बहादुर
१६९)निर्वाणानन्द स्वामी उपाधि लिने राजा को हुन ?
रणबहादुर शाह
१७०)श्री ५ महेन्द्र ले निर्दलिय पञ्चायति व्यावस्थाको प्रारम्भ कहिले गरेका हुन ?
वि सं २०१७
१७१)सर्वसाधारणका लागी कहिले देखि धरहरा खुल्ला गरीयो?
वि सं २०६१ माघ १ गते देखि
१७२)धरहराको निर्माण कहिले भएको थियो ?
वि सं १८८२ मा
१७३)कुन शाहवंशिय राजाको पालामा नेपालको सिमाना तेब्बर भएको थियो ?
बहादुर शाह
१७४)उपत्यकाको राज्य विभाजन गरि आफ्ना छोराहरुलाइ बाड्ने राजा को थीए ?
यक्षमल्ल
१७५)नेपालवाट चिन जाने पहीलो ब्यक्ति को हुन ?
बुद्द भद्र
१७६)पृथ्विनारायण शाहको मावलि कहाँ थियो?
पाल्पा
१७७)पृथ्विनारायण शाहको पहिलो विवाह कहिले र को संग भएको थियो ?
वि सं १७९४ मा इन्द्र कुमारी संग
१७८)युरोप भ्रमण गर्ने र नेपालमा प्रजातन्त्र ल्याउने उल्लेखनिय भुमिका खेल्ने राजाको हुन ?
त्रिभुवन
१७९)नेपालको राजदरवार हनुमान ढोका बाट नारायणहिटि कसको पालामा सारीएको थियो?
श्री ५ पृथ्वि विरविक्रम शाह को पालामा वि सं १९४३ मा
१८०)गोपाल राज वंशावली कसको पालामा तयार पारिएको हो ?
जयस्थिति मल्ल
१८१)नेपालमा शासन गर्ने पहिलो वंश कुन हो ?
गोपाल वंश
१८२)एलम्बरलाई अर्को के नामले चिनिन्छ ?
यलुङ
१८२)किरातँहरुको मूल थलो कहाँ थियो ?
पूर्वी पहाडको तामाकोशी र सुनकोशी बिचको भूभागमा
१८३)कार्तिक नाचलाई एक महिनाको बनाउने राजा को हुन ?
योग नरेन्द्र मल्ल
१८४)किराँतहरुको राजधानी/शासन केन्द्र कहाँ थियो ?
गोकर्ण पछि शंखमूल २८ औँ किराँति राजा पटुकोले राज्य शङ्खमुलमा सारेका थिए ।
१८५)पशुपति पारी रहेको वनलाइ के भनिन्छ ?
श्लेस्मान्तक वन
१८६)राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरीयोस भनि विश्व सामु कहिले प्रश्ताव राखेका थिए?
वि सं २०३१ फागुन १३ मा राज्याभिसेक को अवसरमा
१८७)यलम्बरको पूर्ण कदको शालिक कुन ठाउँमा छ ?
संखुवासभामा
१८८)किराँत शासन व्यवस्था कुन धर्मग्रन्थका आधारमा सञ्चालित थियो ?
मुन्धुम
१८९)नेपालमा कति अहिरवंशी शासकहरुले शासन सञ्चालन गरे ?
तीन जनाले( वर सिंह, जय सिंह र भुवन सिंह)
१९०)नेपाल प्रबेश गर्नुभन्दा पहिला अहिरवंशीहरुको मूल थलो कहाँ थियो ?
भारतको मथुराको वृन्दावन
१९१)कैलाश कुट भवनको महिमा कहाँको शीलालेखमा उल्लेख छ ?
साँगाको शिलालेखमा
१९२)अंशुवर्माले शिक्षालाई कसरी विभाजन गरेका थिए ?
शैव, वैष्णव र वौद्ध गरी ३ भागमा
१९३)नेपाल मण्डलेश्वर भन्नाले कसलाई चिनिन्छ ?
यक्ष मल्ल
१९४)दत्तात्रेयको मन्दिर निर्माण गराउने को हुन ?
यक्ष मल्ल
१९५)अरनिको चिन जादाँ कति बर्षका थिए ?
१७ बर्षका
१९६)कति जना कलाकारको नेतृत्व गरि उनी चिनतर्फ लागेका थिए ?
८० जना
१९७)चिनमा गई नेपाली कलाको प्रचार गर्ने को हुन ?
अरनिको
१९८)काष्ठमण्डपको भित्री भागमा के राखिएको छ ?
एउटा शिवलिङग र चार कुनामा गणेश मूर्तिहरु
१९९)शिलालेखमा स्वस्ति नेपालभ्य लेख्ने राजा को हुन ?
वसन्तदेव
२००)स्वस्ति नेपालभ्यको अर्थ के हो ?
नेपालको कल्याण होस् ।
२०१)लिच्छवी कालमा शिक्षाको माध्याम भाषा के थियो ?
संस्कृत र पाली
२०२)नेपालमा लिच्छवीहरुको आगमन कहाँबाट भएको हो ?
भारतको वैशाली(मुजफ्फरपुर नगरको बसाठ भन्ने वैशालीबाट)
२०३)मानदेवले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ ?
मानाङ्क
२०४)कुन धातुबाट बनाईएको थियो मानाङ्क ?
तामा
२०५)मानाङ्कमा के को चित्र अंकित थियो ?
श्री मानाङ्क र श्री भोगिनी (अगाडि भागमा सिंह र कमल लिएकी देवी र पछाडी को भागमा श्री भोगीनी )
२०६)पशुपतिको मन्दिर स्थापना गर्ने को हुन ?
प्रचण्डदेव
२०७)पशुपतिनाथको हालको मूर्ति कसले बनाएका हुन ?
जयसिंहदेव
२०८)सिंहासन शब्दको प्रचलन कुन राजाको पालादेखि प्रचलनमा आएको हो ?
नरेन्द्रदेवको (उनको आसनमा सिंहको आकृति भएकाले सिंहासन शव्दको प्रचलित भएको बुझिन्छ ।)
२०९)पण र पुराण कसले कसले प्रचलनमा ल्याएका मुद्रा हुन ?
नरेन्द्रदेवले
२१०)१ पुराणमा कति पण हुन्थ्यो ?
१६ पण
२११)गुणकामदेव कान्तिपुर शहरको स्थापना गर्दा कति घरहरु बनाएका थिए ?
१८ हजार
२१२)अरनिकोलाई राष्ट्रिय विभूति कहिले घोषणा गरियो ?
बि.स.२०३०
२१३)नेपालको एक मात्र राष्ट्रिय कलाकार को हुन ?
अरनिको
२१४)नेपाली प्यागोडा शौलीको विकास गर्ने श्रेय कुन कलाकारलाई जान्छ ?
अरनिको
२१५)सबैभन्दा सानो मुद्रा जावा निस्कासन गर्ने राजा को हुन ?
जयप्रकाश मल्ल
२१६)उपत्यका बाहिर सबैभन्दा पहिले मुद्रा निस्काशन गरिएको ठाउँ कहाँ हो ?
दोलखा
२१७)पाञ्चाली प्रथाको सुरुवात गर्ने राजा को हुन् ?
अंशुवर्मा
२१८)वलम्बुमा मानव वस्ती कसले बसाएका थिए ?
अंशुवर्माले
२१९)वोधिसत्वको अवतार मानिने लिच्छवी राजा को हुन् ?
अंशुवर्मा
२२०)बस्नेत पर्व भन्नाले कुन पर्वलाई चिनिन्छ ?
भण्डारखाल पर्व
२२१)भण्डारखाल पर्वलाई किन बस्नेत पर्व भनिन्छ ?
यस पर्वमा धेरै बस्नेतहरुको हत्या भएकाले
२२२)कोत पर्व हुदाँ नेपालका प्रधानमन्त्री को थिए ?
फत्तेजंग चौतारीया
२२३)कोत पर्वकी आमा भन्नाले कसलाई चिनिन्छ ?
राज्यलक्ष्मी
२२४)जयस्थिति मल्लले उपत्यकाका नेवार समुदायलाई कति उपजातमा विभाजन गरेका थिए ?
३२
२२५)मानव न्यायशास्त्र कसको कृति हो ?
जयस्थिति मल्ल
२२६)जयस्थिति मल्लको पालामा बनेको संहिता कुन हो ?
मानव न्यायशास्त्र (बि.स. १४३७ मा बनेको )
२२७)प्रताप मल्लका बाबुको थिए ?
लक्ष्मीनरसिंह मल्ल
२२८)आफ्नो बाबुलाई कैद गरि आफू राजा हुने मल्ल राजा को हुन् ?
प्रताप मल्ल
२२९आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा को हुन ?
प्रताप मल्ल
२३०)विस्केट जात्रा कसले चलाएका हुन् ?
जगज्योती मल्ल
२३१)घोडे जात्राको चलन कसले चलाएका हुन ?
जयप्रकाश मल्ल
२३२)कवि चुडामणि सम्राट भनी कुन राजालाई चिनिन्छ ?
भूपतिन्द्र मल्ल
२३३)जनताको रायविना कुनैपनि काम नगर्ने मल्ल राजा को हुन ?
रणजित मल्ल
२३४)गोरखाका राजा रामशाहसँग व्यापारिक सम्बन्ध कायम गर्ने राजा को हुन ?
सिद्धिनरसिंह मल्ल
२३५)नरसिंह नृत्यको चलन चलाउने राजा को हुन ?
सिद्धिनरसिंह मल्ल
२३६)प्रजाले खाएपछि मात्र खाने राजा को हुन ?
महेन्द्र मल्ल
२३७)अंशुवर्माको बहिनीको नाम के थियो ?
भोगदेवी
२३८)अंशुवर्माको बहिनी भोगदेवीको विवाह को संग भएको थियो ?
भारतका राजा सुरसेन संग
२३९)अंशुवर्माले चन्द्र व्याकरण कसलाई लेखन लगाएका थिए ?
चन्द्र वर्मा गोमी
२४०)गोरखा भाषा प्रकाशन समितिको स्थापना कहिले र कसको पालामा भएको थियो ?
वि सं १९६९ मा चन्द्र शमसेरको पालामा
२४१)नेपालको नक्सा निर्माण गर्ने, रेलवेको विकास गर्ने, टोपिमा व्यज लगाउने चलन कसले चलाएका हुन ?
चन्द्र शमसेरले
२४२)जंगबहादुरका बाबु को थिए ?
वाल नरसींह कुवर
२४३)जंगबहादुर को वास्तविक नाम के थियो ?
विर नरसींह कुवर
२४४)राजर्षि महाराज भनेर कुन राणा प्रधानमन्त्रि लाई चिनिन्छ ?
जुद्द शमसेर
२४४)देवशमसेरले आफ्नो शासनकालमा कति विद्यालहरु स्थापना गराएका थिए ?
५७
२४५)देवशमसेर कति दिन प्रधानमन्त्रि भए ?
११४ दिन
२४६)विराट नगरमा मजदुर हड्ताल कहिले र कसको पालामा भएको थियो ?
वि सं २००३ मा फागुन २१, पद्म शमसेरको पालामा
२४७)कार्यालय समय १०-४ कायम गर्ने राण प्रधानमन्त्रि को हुन ?
भीम शमसेर
२४८)कार्यालय समय फागुन देखि कार्तिक सम्म १०-५ र मंसिर देखि माघसम्म १०-४ कायम गर्ने प्रधानमन्त्रि को हुन ?
पद्म शमसेर
२४९)विरशमसेर कहिले प्रधानमन्त्रि भएका थिए ?
वि सं १९४२ मा (४२ सालको काण्ड घटाई काका रणोद्दिपसिंहको हत्यागरी वि सं १९४२ मा श्री महाराज र प्रधानमन्त्रि भए)
२५०)दरवार हाइस्कुलको निर्माण कसले गरेका हुन ?
विरशमशेर
२५१)नारायणहिटि दरबार को निर्माण कसले गरेका हुन ?
विरशमशेर
२५१)घण्टाघरको निर्माण कसले गरेका हुन ?
विरशमशेर
२५२)लालदरवार र सेतो दरवार कसले बनाएका हुन ?
विरशमशेर
२५४)विर पुस्तकालयको स्थापना कसले गरेका हुन ?
विर शमसेर
२५५) दिपकराग बजाउने चलन चलाउने राजा ?
जयस्थिति मल्ल
२५६)जमिन बेचबिखन गर्न र बन्धक राख्न पाईने व्यवस्था कसले गरेका थिए ?
जयस्थिति मल्ल
२५६)ब्राहमणलाई पञ्चगौड र पञ्च द्रविडमा विभाजन गर्ने राजा को हुन ?
जयस्थिति मल्ल
२५७)नेपालको पहिलो प्रमाणिक राजा को हुन् ?
मानदेव
२५७)मानदेवको पहिलो अभिलेख कहाँ राखिएको छ ?
चाँगुनारायणमा
२५८)जंग बहादुरलाई श्री ३ उपाधि दिने राजा को हुन ?
श्री ५ सुरेन्द्र
२५९)नेपालको राजधानि काठमाणडौ बाट नुवाकोट मा कसको पालामा सारीयो ?
रण बहादुर शाह
२६०)नेपालमा योजनावद्ध विकाशको थालनि कुन राजाको पालामा भएको थियो ?
राजा महेन्द्र
२६१)नेपालमा योजनावद्ध विकाशको थालनि कुन राजाको पालामा भएको थियो ?
राजा महेन्द्र
२६२)जग्गाको नापि गर्न लगाई किसिम निर्धारण गर्ने र अभिलेख राख्ने व्यावस्थाको सूरुवात गर्ने को हुन ?
भीमसेन थापा
२६३)सन्तान बेच्ने प्रथा सानिआमा व्यर्होने प्रथा जैसि बाहुन समुदायमा मामाको छोरी बिहे गर्ने चलन केहि जातिमा चलेको भाउजु ब्यर्होर्ने चलन माथि नियन्त्रण कसले गरेका थिए ?
भीमसेन थापा
२६४)बहादुर शाहको पालामा नेपालको सिमाना कहासम्मा फैलिएको थियो ?
पूर्वमा टिस्टा देखि पश्चिममा सतलज सम्म
२६५)अंग्रेज इतिहाँसकार कर्क पेट्रिक कहिले नेपाल आएका थिए ?
बहादुर शाहको नायवि कालमा
२६६)नेपालमा कतिजना किराँति शासकहरुले शासन सञ्चालन गरे ?
गोपाल वंशावलीमा ३२, भाषा वंशावलीमा २८,कर्क पेट्रिकका अनुसार २७, राईट वंशावलीमा २९ राजाहरुको विवरण पाईन्छ (तथापि , किराँत वंशका २९ पुस्ताका ३२ राजाहरुले झन्डै १५०० बर्ष जति शासन चलाएको मानिन्छ ।)
इतिहासरकार राईटका अनुसार, २९ किराँति राजाहरुले कति वर्ष शासन सञ्चालन गरेका थिए ?
१११८ बर्ष
२६७)चौधौ किराँती राजा को थिए ?
स्थुको
२६८)नेपालमा सर्वप्रथम शासन चलाउने गोपालहरु कुन वंशका थिए ?
गुप्तवंशी
२६९)नामका पछाडि गुप्त जोडिएकोले गोपालवंशीहरुलाई गुप्तवंशी पनि भनिन्छ ।
२७०)कसको पालामा पशुपति ज्योतिलिङ्ग प्राप्त भएको थियो ?
गोपालहरुको पालामा
२७१(जनताको धुरीबाट धुवँ नआएसम्म खाना नखाने राजा को हुन ?
महिन्द्र मल्ल
२७२)साखुँ व्रजयोगिनिको रथयात्रा चलाउने को हुन ?
सुर्य मल्ल
२७३)हनुमान ढोका अगाडि हनुमानको मुर्ती स्थापना गरी हनुमान ढोका दरवार नामाकरण गर्ने राजा को हुन् ?
प्रताप मल्ल
२७४)मञ्जुश्रीले नागदहलाई काटि वनाएको बाटो लाइ के भनिन्छ ?
चक्र तिर्थ
२७५)तलेजु भवानि संग पासा खेल्ने राजा को हुन ?
जगज्योति मल्ल
२७६)पृथिविनारायण संग छातार जुत्ता माग्ने राजा को हुन ?
जय प्रकाश मल्ल
२७७)किर्तीपुरमा गई आफु राजा भयको घोषणा गर्ने राजा को हुन् ?
श्री निवास मल्ल हुन
२७८)सिद्दिनरसिंह मल्लले प्रचलनमा ल्याएको कार्तिक नाचलाई १५
दिन बाट बढाएर २५ दिन नचाउने चलन कसले चलाए ?
श्री निवास मल्लले
२७९)कर्नाटवंसी राजाहरु कहाँ वाट आएका थिए ?
दक्षिण भारतको कर्नाटकबाट नेपाल प्रवेश गरेका हुन
२८०)भक्तपुरका राजाहरु मध्य कला प्रेमी तथा वास्तुकलाका मर्मज्ञको रुपमा कुन मल्ल राजालाई चिनिन्छ ?
भूपतिन्द्र मल्ल
२८१)मल्लकालमा हनुमान ढोकालाइ गुतपौ भनिन्थ्यो भने यस दरवारको अर्को नाम के हो ?
नोल्छे दरवार
२८२)वर्ण व्यावस्था कायम गर्ने राजा को हुन ?
जयस्थीति मल्ल
२८३)प्रताप मल्ललाइ १५ भाषाका ज्ञाता किन मानिन्छ ?
हनुमान ढोकामा १५ भाषाको शिलालेख स्थापना गरेकाले
२८४)डोलाजी प्रथा भन्नाले के बुझिन्छ ?
मल्लकालमा दुलहा झिकाएर गरीने विवाहलाई दोलाजी प्रथा भनिन्थ्यो दुलाह दुलहीकै घरमा वस्ने तथा कतै कतै गोत्र र थर पनि दुलहीकै मा परीवर्तन हुने गर्दथ्यो
२८५)गुणकामदेवले माठमाण्डौ सहर निर्माण गर्दा प्रतिदिन को खर्च कति थियो ?
१ लाख
२८६)नेपाल संवत चलाउने को हुन ?
शंखधर शाख्वा
२८७)राष्ट्रीय महत्वका काममा बाहेक बिना मजदुरी काम गराउन नपाइने व्यावस्था को शूरुवात कसले गरेका थिए ?
भीमसेन थापा
२८८)सैनिक सेवामा आधुनिकरणको सुरुवात श्री पेच चाँद तोडा लगाउने प्रचलन कसले चलाए ?
भिमसेन थापा
२८९)नेपालका प्रथम प्रधान मन्त्रि र प्रथम सैनिक जनरल को थिए ?
भिमसेन थापा
२९०)छैँटौ किराँति राजा हुमतिलाई गोपाल राज वंशावलीमा के भनेर उल्लेख गरिएको छ ?
हँति ( डेनियल राईटले छपाएको वंशावलीमा यिनलाई महाभारतको युद्धकालका भनि उल्लेख गरिएको छ ।)
२९१)कुन किराँती राजाको पालामा महाभारतको युद्ध भएको थियो ?
छैटौं किराँती राजा हुमतिको पालामा
२९२)किराँतहरुको आरध्यदेव को हुन् ?
महादेव
२९३)किराँतकालमा नेपालको शासन व्यवस्था कस्तो थियो ?
राजतन्त्रात्मक
२९४)गौतम बुद्ध कसको पालामा नेपाल आएका थिए ?
सातौँ किराँती राजा जितेदास्तीको पालामा गौतम बुद्ध काठमाण्डौँ आएको चर्चा गरिएको छ तर गौतम बुद्ध स्वयम् भने आएका थिएनन् उनका चेला आनन्द मात्र नेपाल उपत्यकामा आएर बैद्ध धर्मको प्रचार गरेका थिए (नेपाल परिचय)
२९५)मैर्य सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ?
केहि वंशावलीहरुले चौधौँ किराँती राजा स्थुकोको पालामा अशोक नेपाल आएको उल्लेख गरेका छन् तर वंशावलीको भनाई सत्य देखिदैन् अशोक लुम्बिनि, कपिलवस्तुमा मात्र आएका थिए काठमाण्डौँ उपत्यका आएको कुरा प्रमाणित छैन् ।
२९६)सम्राट अशोक भारतको कुन ठाउँबाट नेपाल आएका थिए ?
मगध राज्य
२९७)सम्राट अशोक को सँग नेपाल आएका थिए ?
छोरी चारुमती
२९८)अशोक स्तम्भको स्थापना कसले गरेका थिए ?
सम्राट अशोक ई.पू. २४९
२९९)अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको थियो ?
पाली
३००)नेपालको पहिलो पर्यटक कसलाई मानिन्छ ?
सम्राट अशोक
३०१)सम्राट अशोकले स्थापना गरेको स्तम्भलाई के भनिन्छ ?
अशोक स्तम्भ
३०२)अशोक स्तम्भमा कुन लिपी प्रयोग गरिएको छ ?
ब्राम्ही (ब्राम्ही लिपी नेपालको सबैभन्दा पुरानो लिपी हो)
३०३)लुम्बिनीको अशोक स्तम्भ पत्ता लगाउने व्यक्ति को हुन् ?
जर्मनीका डा.एन्टोन फ्युहरर(यिनी सन् १८९६ मा नेपाल आएका थिए)
३०४)सम्राट अशोकले छोरी चारुमतिको विवाह को सँग गरेका थिए ?
देवपाल नामक क्षेत्रीसँग
३०५)चारुमति र देवपाल बसालेको शहरलाई के भनिन्छ ?
देवपाटन
३०६)अभिरवंशीहरुको शासन केन्द्र कहाँ थियो ?
मातातीर्थ
३०७)अभिरवंशीहरुको पेशा के थियो ?
भैसी पाल्ने
३०८)अभिरवंशी माइलो राजा भन्नाले कुन राजालाई चिनिन्छ ?
जय सिंह
३०९)नेपालका प्रथम राजाहरु कुन वंशका थिए ?
गोपाल वंशका
३१०)गोपालहरु कुन जातिका थिए ?
नीप
३११)गोपालवंश/महिषपालहरुको शासन केन्द्र अथवा राजधानी कहाँ थियो ?
मातातिर्थ
३१२)गोपालहरुको पालामा नेपालको सिमाना कहाँसम्म फैलिएको थियो ?
पूर्वमा दुधकोशी, पश्चिममा त्रिशुली, उत्तरमा गोसाईकुण्ड र दक्षिणमा चित्लाङ सम्म ।
३१३)श्री ५ त्रिभुवनको पालामा कति जना प्रधानमन्त्रि भएका थिए ?
६ जना (चन्द्र शमसेर, भिम शमसेर, जुद्ध शमशेर, पद्म शमसेर, मोहन शमशेर मातृका प्रसाद कोइराला )
३१४)राष्ट्र पिता तथा जनताका राजा भन्नाले कुन राजालाई चिनिन्छ ?
श्री ५ त्रिभुवन
३१५)मकैको खेति नामक पुस्तक कसले लेखेका हुन ?
सुब्वा कृष्णलाल ले
३१६)घरको बाघ बनको स्याल भनेर कुन प्रधानमन्त्रि लाई चिनिन्छ ?
चन्द्र शमसेर
३१७)शाहवंशिय इतिहासमा दुइपटक राज्यारोह्ण गर्ने राजा को हुन ?
ज्ञानेन्द्र
३१८)एग्नेट प्रथा लागु गर्ने राणा प्रधानमन्त्री को हुन ?
जंग बहादुर
३१९)उद्योग परीसदको स्थापना कहिले र कसले स्थिपना गरेका हुन ?
वि सं १९९३ मा जुद्द शमसेरको पालामा
३२०)जनकपुर-जयनगर रेलवे कहिले र कस्ले स्थापना गरेका हुन ?
वि सं १९९३ मा जुद्द शमसेरले
३२१(नेपालका सुधार प्रेमि राणा प्रधानमन्त्रि भनि कसलाई चिनिन्छ ?
देव शमसेर
सुधारवादी स्वाभावका देवशमसेर लाई षड्यन्त्र पुर्वक हटाइएको थियो उनलाई नारायणहिटि राजदरवार मा बोलाई बन्दि बनाएपछी श्री ५ लाई रिभाल्भर देखाएर यिनलाई वरखास्त गर्न लागाइएको थियो
३२२)स्वास्थ्य उपचारको बाहानामा भारत गएर राजिनामा गर्ने राणा प्रधानमन्त्रि को हुन ?
पद्म शमसेर
३२३)राणा शासन कालमा कुन कुन प्रधानमन्त्रि लाई वलपुर्वक पदमुक्त गरीएको थियो ?
पद्म शमसेर र देव शमसेर
३२४)नेपालमा पहिलो मोटर चढ्ने ब्यक्ति को हुन ?
विर शमशेर
३२५)नेपालमा सर्वप्रथम जेल बनाउने व्यक्ति को हुन ?
विरशमसेर
३२६)विरशमसेरले केन्द्रिय कारागार कहिले स्थापना गराएका थिए ?
वि सं १९५१ मा
३२७)हरगौरी विवाह, कुञ्जविहारी नाटक, लेख्ने राजा को हुन ?
जगज्योति मल्ल
३२८)संगीत चन्द्र र श्लोकसार संग्रह कसले रचना गरेका कृति हुन ?
जगज्योति मल्ल
३२९)पृथ्वीनारायण शाहसँग छाता र जुत्ता माग्ने राजा(छाता र जुत्ता को अर्थ श्रीपेज र भूमि) को हुन ?
जयप्रकाश मल्ल
३३०)विश्वकै सबैभन्दा सानो मुद्रा जावा निकाल्ने राजा को हुन ?
जयप्रकाश मल्ल( ०.००८ देखि ०.०१४ ग्राम सम्मका )
३३१)सामाजिक सुधार गर्ने राजा भन्नाले कुन राजालाई चिनिन्छ ?
जयस्थिति मल्ल
३३२)पशुपतिको मन्दिर छेउमा रहेको लव र कुशको मन्दिर कसले बनाएका हुन ?
जयस्थिति मल्ल
३३२)अपराधिलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन ?
जयस्थिति मल्ल
३३३)प्रताप मल्ललाई दुरबिन उपहार दिने व्यक्तिको हुन ?
ग्रोबर नाम गरेका एक जना पादरी
३३४)हनुमानढोका दरबारका नासल चोक, नरसिंहचोक, सुन्दरीचोक, कालीचोक, मोहन चोक, भण्डारखाल बगौचाको निर्माण गर्ने राजा को हुन ?
प्रताप मल्ल
३३५)नेपालमा राजर्षि हुने पहिलो व्यक्ति को हुन ?
सिद्धिनरसिंह मल्ल
३३६)सिद्धिनरसिंह मल्ल पछि पाटनका राजा को भए ?
श्रीनिवास मल्ल
३३७)कसको पालामा नेपालको सम्बन्ध तिव्वतसँग सुरु भएको थियो ?
अंशुवर्माको पालामा
३३८)अंशुवर्मा कुन वंशका थिए ?
ठकुरी वंशका
३३९)भृकुटीले आफू तिव्वत जादाँ आफूसँगै लगेका वौद्ध भिक्षु को थिए ?/ चिनोको रुपमा के लागेकी थिइन ?
शिलमञ्जु/ नामक बुद्धको मुर्ति
३४०)तलेजु (तुलजा) भवानीको मूल मन्दिर कहाँ छ ?
काठमाण्डौँ हनुमानढोका दरबार परिसरमा
३४१)तुलजा भवानीलाई कहाँबाट ल्याईएको हो ?
तराईको डोयराज्यबाट
३४२)नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने को हुन ?
सिम्रौनगढका कर्नाट वंशी राजा हरिसिंह देव
३४३)मल्ल र नेवार समूदायकी इस्टदेवी को हुन ?
तुलजा भवानी
३४४)महाराजधिराज परमभट्टारक को पदवी धारण गर्ने राजा को हुन ?
नरेन्द्रदेव
३४५)चाँगुनारायणको मन्दिरमा कुन देवताको पूजा गरिन्छ ?
भगवान विष्णुको (यो सबैभन्दा पुरानो वैष्णव तीर्थस्थल हो )
३४६)गोकर्णमा मानव बस्ति कसले बसाएका हुन् ?
मानदेवले
३४७)अमाली प्रथाको खारेजि कहिले र कस्को पालामा भयो ?
वि सं १९६८ मा चन्द्र शमसेर को पालामा
३४८)हनुमान ढोका अगाडि हनुमानको मुर्ती स्थापना गरी हनुमान ढोका दरवार नामाकरण गर्ने राजा को हुन् ?
प्रताप मल्ल
३४९)भक्तपुरका राजाहरु मध्य कला प्रेमी तथा वास्तुकलाका मर्मज्ञको रुपमा कुन मल्ल राजालाई चिनिन्छ ?
भूपतिन्द्र मल्ल
३५०)मल्लकालमा हनुमान ढोकालाइ गुतपौ भनिन्थ्यो भने यस दरवारको अर्को नाम के हो ?
नोल्छे दरबार
#NepalHistory #HistoryOfNepal#NepalPast#NepaliHeritage#HistoricalNepal#AncientNepal#NepalMonarchy#MallaEra#ShahDynasty#RanaRule#PrachinNepal#NepalRevolution#GorkhaKingdom#LichhaviDynasty#MallaDynasty#ShahRule#RanaRegime#NepalWarHistory#UnificationOfNepal#NepaliHistoricalFacts #Learningloksewa
Post a Comment
0Comments