बैंकिङ कसूरको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन कस्तो कानूनी सुधार गर्नुपर्ला? सुझाव दिनुहोस्

Learning
By -
0

 बैंकिङ कसूरको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन कस्तो कानूनी सुधार गर्नुपर्ला? सुझाव दिनुहोस्

उत्तर:

आर्थिक उदारीकरणसँगै नेपालमा उल्लेख्य रुपमा बैंक तथा वित्तीय संस्थाको वृद्धि गएको देखिन्छ । यसका साथै वित्तीय प्रणालीमा हुने कसुरहरु पनि त्यही गतिमा बढेको देखिन्छ। यस्ता बैकिङ कसूरको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सकिएको खण्डमा वित्तीय क्षेत्रको स्थायीत्त्व अभिवृद्धि गर्न सकिन्छ । कसुरको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन देहायबमोजीमको कानूनी सुधार आवश्यक छः


• विभिन्न कसुरहरु जस्तै वित्तीयअपराधजालसाजीसम्पत्ति शुद्धीकरण सम्बन्धमा एकिकृत कार्जु कार्यान्वयन गर्ने,


• अनुसन्धाममा सामेल हुने विशेषज्ञ इकाईको क्षमता विकासको लागि आवश्यक कार्यविधी बनाइ लागू गर्नेअनुसन्धानका संबद्ध निकायको जवाफदेहिताका साथै गोपनियता सम्बन्धमा आवश्यक नीतिको प्रवन्ध मिलाउनेकसूर अनुसन्धानको सम्बन्धमा अत्यावश्यक नवीन प्रविधिको प्रयोग गर्न कानुनी प्रावधान मिलाउने,


सरोकारवाला सबै निकायहरुवीचको समन्वय सहकार्य गर्नको लागि आवश्यक कानुनी व्यवस्था मिलाउने आदि ।


अन्तमा,

माथि उल्लिखित कानुनी सुधारका साथै सोही बमोजीमको संस्थागतसंरचनागत तथा जनशक्तिको व्यवस्था मिलाउन सकेको खण्डमा वैकिङ कसुर न्युनीकरण भई वित्तीय सुशासन अभिवृद्धि हुन्छ।

#Loksewawrittenpaper #Loksewawritten #Loksewawrittenpaperpdf #Loksewawrittenpaperdownload #Loksewa #LoksewaoldquestionCollection
Tags:

Post a Comment

0Comments

Post a Comment (0)