
"हरियो बन नेपालको धन"
"विभिन्न रुख बिरुवा तथा बाक्लो झाडी रहेको क्षेत्रलाई वन भनिन्छ । बनबाट प्राप्त हुने वस्तुहरू घाँसपात, काठदाउरा, जडिबुटी, सो वनमा पाइने सम्बन्धित जीवजनावरहरूको समग्रतालाई नै वनसम्पदा भनिन्छ । नेपालको कूल भू- भागको ४५.३१ प्रतिशत भू-भाग वन क्षेत्रले ओगटेको छ । नेपालको बनसम्पदाबाट प्रतक्ष र अप्रतक्ष फाइदा हुने भएकाले "हरियो वन नेपालको धना" भन्ने कथन प्रचलनमा रहेको छ ।
"हरियो बन नेपालको धन हो ।" किनकी
- ऊिर्जाको प्रमुख स्रोतको रूपमा लामो समयदेखि उपयोग भइरहेकोले ।
- प्राकृतिक सन्तुलन कायम भई बाढी पहिरो लगायतका प्राकृतिक प्रकोप नियन्त्रण गर्न सहयोग पुगेकोले ।
- पर्यटन उद्योगमा टेवा पुयाइ विदेशी मुद्रा आर्जन गर्न सहयोग गर्ने भएकाले ।
- कच्चा पदार्थ निर्यात गरि विदेशि मुद्रा आर्जन गर्न सकिने भएकाले ।
- निर्माण कार्यका लागि सामग्री वनसम्पदाबाट प्राप्त हुने भएकाले ।
- उद्योगका लागि आवश्यक कच्चा पदार्थ वनसम्पदाबाट प्राप्त हुने भएकाले ।
- पशु आहारको स्रोतको रूपमा वनसम्पदा रहेकोले ।
- आय आर्जन तथा रोजगारीमा वृद्धि गर्न सहयोग पुगेकोले ।
अत,
वन मानव जीवनका लागि नभइ नहुने अपरिहार्य प्राकृतिक स्रोत हो। त्यसैले यसको संरक्षण र सम्बर्द्धन गरेमा नेपालको दीगो धनको स्रोतको रुपमा रहनेमा विश्वस्त हुन सकिन्छ ।
#Secondpaperloksewa #Secondpaperloksewaaayog#secondpaper #NasuSecondPaper #OldQuestions #KharidarsecondpaperPDF#Kharidarsecondpaperquestion
#NasuSecondpapersyllabus#Nasuquestionpaper
Post a Comment
0Comments