
कार्वन व्यापार भन्नाले के बुझिन्छ ? नेपालले कार्बन व्यापारबाट पर्याप्त लाभ लिन के गर्नुपर्ला ? आफ्नो विचार व्यक्त गर्नुहोस । (२+३=५)
कार्वन व्यापारको परिचय
* विकसित मुलुकले विकासोन्मुख मुलुकलाई स्वच्छ उर्जामार्फत कार्बन कटौतिका कार्याक्रम गर्न लगाएर त्यस बापत रकम दिने र सोहि मात्रामा कार्वन उत्सर्जनको अधिकार प्राप्त गर्ने प्रक्रियालाई कार्बन व्यापार भनिन्छ ।
* यो कार्बन कम उत्सर्जन गर्ने राष्ट्रलाई कार्वन बढि उत्सर्जन गर्ने औद्योगिक मुलुकले वातावरण संरक्षण तथा हरित गृह ग्याँसको बढि खपत गरे वापत दिइने आर्थिक लाभ हो।नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि यो अवसर समेत हो ।
* यो हरित गृह ग्याँसलाई सिमित गर्ने तथा Polluters' Pay मान्यताको व्यावहारिक रुप हो।यसको अबधारणा सन् १९९७ मा क्योटोमा भएको जलबायु परिवर्तनसम्बन्धि सम्मेलनबाट आएको हो ।
* यसले विकासोन्मुख देशलाई हरित गृह ग्याँस उत्सर्जनमा कमि ल्याउन प्रेरित तथा विकसित देशलाई जिम्मेवारि बहन गर्न दबाब दिन्छ ।
नेपालले कार्वन व्यापारबाट लाभ लिन गर्नुपर्ने कार्यहरु
* कार्वन व्यापारका सम्बन्धमा भएका अन्तराष्ट्रिय सम्झौता र प्रतिवद्धताको पालना गर्ने,
* कम कार्बन उत्सर्जन गर्ने मुलुकहरुसँग सहकार्य गर्दै साझा धारणा बनाउने,
* आन्तरिक क्षमता विकास र कुटनितिक प्रयास मार्फत पर्याप्त लबिङ गर्ने
* कार्वन क्याल्कुलेसन र हरित गृह ग्याँस कटौति मापनको प्राविधिक पक्षको विकास गर्ने
* कार्वन व्यापारका आधारहरु वनजङ्गल, सुधारिएको चुलो, जलविद्युत, सौर्य उर्जा, वायु उर्जा आदिको विकासमा जोड दिने
* स्थानिय रैथाने प्रविधिको संरक्षण र विकासमा जोड दिने
* कार्वन व्यापारको नयाँ विधिको पहिचान गर्ने
* क्षतिपुर्ति स्वरुप प्राप्त हुने रकम यसै क्षेत्रमा लगानि गर्ने जैविक विविधताको संरक्षण गर्ने
* कार्वन व्यापारका सम्बन्धमा आमनागरिकमा जनचेतनामा अभिबृद्धि जोड दिने ।
नेपालमा कार्वन संचित गरी कार्वन व्यापारबाट पर्याप्त लाभ लिने सम्भावना भएको हुँदा आमनागरिक तथा सरोकारवाला वर्गमाझ कार्वन व्यापार सम्बन्धि चेतना अभिवृद्धी गरी कार्वन लाभ लिनु वर्तमान समयको आवश्यकता रहेको देखिन्छ।
#Loksewawrittenpaper #Loksewawritten #Loksewawrittenpaperpdf #Loksewawrittenpaperdownload #Loksewa #LoksewaoldquestionCollection
Post a Comment
0Comments