
नेपालको आर्थिक विकासमा सार्वजनिक निजी साझेदारीको के कस्तो भुमिका रहेको छ ? उल्लेख गर्नुहोस । ५
आर्थिक विकासमा सार्वजनिक निजी साझेदारीको भुमिका
मुलुकको सर्वाङ्गिण विकासका लागि सार्वजनिक तथा निजि क्षेत्रबिच सहकार्य, समन्वय र साझेदारि कायम गर्दै विकास प्रक्रियालाइ मुर्त रुप प्रदान गर्नुलाई सार्वजनिक निजि साझेदारि भनिन्छ।नेपालको आर्थिक विकासमा सार्वजनिक निजि क्षेत्रको भुमिकालाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ:-
⚫ विकासका पुर्वाधारको गुणस्तरलाई दिगो र टिकाउयोग्य बनाई आमनागरिकको पहुँच सुनिश्चित गर्न
⚫ ठुला आयोजनामा आवश्यक पर्ने पुँजीको रिक्ततालाई पुर्ति गर्न,
⚫ निजि क्षेत्रको विज्ञता, व्यवस्थापकिय कुशलता, उद्यमशिलता तथा प्राविधिक दक्षताको भरपुर सदुपयोग गर्न,
⚫ ठुला तथा राष्ट्रिय गौरवका आयोजना निर्माणमा लगानिमैत्री वातावरणको निर्माण गरी निजि क्षेत्रलाई आकर्षित गर्न,
⚫शासन, विकास र सेवा प्रवाहका विविध क्षेत्रमा साझेदारीको भावना अनुरुप विकासका गतिविधिहरु संचालन गर्न,
⚫राज्यले नागरिकलाई प्रदान गर्नुपर्ने सेवा सुविधाहरु प्रतिस्पर्धात्मक, प्रभावकारी र गुणस्तरिय बनाउन,
⚫ स्थानिय स्तरमा रहेका श्रोतसाधनको उपयोग मार्फत स्थानिय समुदायको सहभागिता विकास निर्माण कार्यहरु संचालन गर्न,
⚫ विश्वव्यापिकरण र उदारिकरणको नितिको व्यवहारिक कार्यान्वयन गर्न,
⚫ सार्वजनिक सम्पत्तिप्रति निजि क्षेत्रको अपनत्वको भावना अभिवृद्धि गर्न ।
राष्ट्रको आर्थिक विकासका लागि सरकार र निजि क्षेत्रविच सहकार्य र साझेदारी मार्फत गरिएका कामकारवाही प्रभावकारी भई आर्थिक विकासमा सहयोग पुग्ने भएकोले सार्वजनिक निजि साझेदारी मार्फत आर्थिक गतिविधि संचालन गर्नुपर्ने देखिन्छ।
#Loksewawrittenpaper #Loksewawritten #Loksewawrittenpaperpdf #Loksewawrittenpaperdownload #Loksewa #LoksewaoldquestionCollection
Post a Comment
0Comments