Learning loksewa

जीवनका लागि जल
जल सम्पदा
जल प्राप्त हुने सबै किसिमका स्रोतहरूको समष्टिलाई जल सम्पदा भनिन्छ । प्राकृतिक स्रोतको रूपमा नदी, ताल, पोखरी, झरना लगायतका विभिन्न स्वरूपमा पाइन्छ । नेपाललाई जल सम्पदाको दृष्ट्रिले धनि देश मानिन्छ ।
नेपालमा जलसम्पदाको बहुआयामिक उपयोग
- पिउने पानी, सरसफाई र पूर्वाधार निर्माणको श्रोतको रुपमा उपयोग गर्न,
- जलविद्युत उत्पादन गरी उर्जा संकट समाधान गर्न, विद्युतको निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न,
- कृषि क्षेत्रको उत्पादकत्व बढाउन एवं मत्स्य पालन व्यवसाय को प्रवर्धन गर्न,
- पीउने पानीको उत्पादन गरेर निर्यात गर्न,
- वञ्जीजम्पी जस्ता मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गरी आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गरी आय आर्जन गर्न,
- ताल, कुन्ड र पोखरीको प्रर्वद्धन गरी प्राकृतिक सुन्दरता वढाउन,
- जल यातायात संचालन गर्न,
- जलचरको संरक्षण र जैविक विविधताको रक्षा गर्न, विक विविधताको
- राष्ट्रिय अन्तराष्ट्रिय सिमानाको रुपमा उपयोग गर्न
यसरी,
६ हजार भन्दा बढी नदीनाला, ताल कुण्ड, तलाउ, पानीका मुहानहरू रहेको नेपाललाई जल सम्पदाको दृष्ट्रिकोणले धनी देश मानिन्छ । यस सम्पदाको सदुपयोगबाट समृद्धिको लक्ष्य हासिल गर्न सक्ने देखिन्छ ।
#Secondpaperloksewa#learningloksewa#loksewa#learning #Secondpaperloksewaaayog#secondpaper #NasuSecondPaper #OldQuestions #KharidarsecondpaperPDF#Kharidarsecondpaperquestion
#NasuSecondpapersyllabus#Nasuquestionpaper
Post a Comment
0Comments