नेपालको भौगोलिक अवस्थाले जनजिवनमा पारेको प्रभावको वारे चर्चा गर्नुहोस ?
नेपाललाई भौगोलिक रुपमा हिमाल पहाड र तराईमा विभाजन गरेको छ।नेपालको भौगोलिक अवस्थाले जनजिवनमा पारेको प्रभावलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः-
⚫भौगोलिक विविधतासँगै उत्पादनमा समेत विविधता हुने हुँदा नेपालका हिमाल र पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जनजिवनमा सकारात्मक प्रभाव परेको देखिन्छ।
⚫पहाडको हावापानी हिमाल र तराईको तुलनामा मनोरम र स्वस्थकर हुने हुँदा यस क्षेत्रमा बसोवास गर्ने मानिसहरुको स्वास्थ्य अवस्था राम्रो रहेको पाइन्छ ।
⚫तराईको भुभाग समथर हुने भएकोले कृषिजन्य बस्तुको उत्पादन र उत्पादकत्वमा बृद्धि तथा विकासका संरचना निर्माणमा लागत कम लाग्ने र टिकाउयोग्य हुने हुँदा सोको लाभ पहाड र हिमालको तुलनामा तराईमा सहज हुने हुन्छ ।
⚫तुलनात्मक रुपमा सस्तो र बढी सम्भावना भएको क्षेत्रको रुपमा रहेको पर्यटन तराई भन्दा बढी हिमाल र पहाडी क्षेत्र भएको हुँदा सोको प्रभावकारी उपयोग मार्फत आर्थिक आयआर्जन समेत गर्न सकिन्छ ।
⚫भौगोलिक विविधतासँगै मानिसहरुले अवलम्बन गर्ने पेशा, व्यवसाय, कला सँस्कृति र जिविकोपार्जनमा समेत असर पु-याएको देखिन्छ ।
नेपालको भौगोलिक अवस्थाले मानिसहरु जिविकोपार्जन लगायतका गतिविधिहरुमा फरक पार्ने भएको हुँदा यसले मानिसहरुको समग्र जनजिवनलाई सकारात्मक र नकारात्मक असर पुऱ्याउने गर्छ ।
#Geographical_situation_of_nepal_essay #Geographical_situation_of_nepal_pdf #Geographical_situation_of_nepal_slideshare #Geographical_region_of_Nepal #Geography #Nepal #Nepali_language #Geography_of_Nepal
Post a Comment
0Comments