बन सम्पदाको परिचय दिई हरियो वन नेपालको धन भन्ने भनाईलाई पुष्टि गर्नुहोस। (१+४=५ )
⚫ देशको आर्थिक विकास तथा वातावरण सन्तुलनमा महत्वपुर्ण भुमिका खेल्ने बोटविरुवा, जडिबुटि, घाँसपात तथा वनजङ्गलको समष्टिगत स्वरुपलाइ बन सम्पदा भनिन्छ।
⚫ यो मानव लगायत सम्पुर्ण जिवजन्तुलाइ नभइ नहुने तथा अपरिहार्य प्राकृतिक तत्व हो ।
⚫ नेपालमा वनसम्पदाको संरक्षण, संरक्षण र सम्वर्द्धन गर्न विभिन्न प्रकारका नितिगत, संस्थागत र कार्यक्रमगत व्यवस्थाहरु गरेको देखिन्छ।
हरियो वन नेपालको धन भन्नुका कारणहरु
नेपालको कुल भुभागको ४५.३१% भुभाग बन सम्पदाले ओगटेको अवस्था छ । यस्तो स्थितिमा हरियो बनलाई नेपालको मानिनुका कारणहरु देहाय बमोजिम रहेका छनः-
⚫ मानिस लगायत सम्पुर्ण जिवित प्राणिका लागि अक्सिजन प्रदान गर्न
⚫देशको आर्थिक विकास तथा वातावरणिय सन्तुलन गर्न
⚫बन्यजन्तु,पशुपक्षिं र प्राणिहरुको वासस्थान सुरक्षित गर्न,
⚫उद्योगधन्दाका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपुर्ति प्रदान गर्न
⚫पारिस्थितक पद्धितको सन्तुलन कायम गर्न
⚫बाढि पहिरोखडेरि जस्ता प्राकृतिक विपत्तिको भुक्षय, रोकथाम गर्न
⚫अमुल्य जडिबुटि तथा औषधिको प्राप्ति गर्न
⚫घाँस दाउरा लगायतका श्रोतको प्रदान गर्न
⚫प्राकृतिक सौन्दर्यता बढाउनुका साथै पर्यटन प्रबर्द्धन गर्न ।
मानिसहरुका आधारभुत आवश्यकताको परिपूर्ति गर्नुका साथै आर्थिक गतिविधि संचालन मार्फत आर्थिक आयआर्जन गरी देशको आर्थिक वृद्धि र विकास गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्न वन क्षेत्रको संरक्षण गर्नु वर्तमान समयको आवश्यकता रहेको देखिन्छ।
#Loksewawrittenpaper #Loksewawritten #Loksewawrittenpaperpdf #Loksewawrittenpaperdownload #Loksewa #LoksewaoldquestionCollection
Post a Comment
0Comments